Logo

यसरी सुट गरिएको थियो हिट गीत ‘कैले भेट्ने खै’



Spread the love

हिट गीत ‘कैले भेट्ने खै’ बोलको भिडियो कसरी निर्माण भयो होला ? यो सबैलाई जिज्ञासा हुन सक्छ ।यहि जिज्ञासा मेटाउन हालैमा गीतको सुटिङ बेलाको भिडियो सार्वजनिक गरिएको छ । कार्टुन्ज क्रुकै अफिसियिल युट्युब च्यानलबाट हिजो सार्वजनिक भएको भिडियोमा गीत बनाउँदाको मेहनत र रमाईलोलाई प्रस्तुत गरिएको छ । गीतमा छायांकनको क्रममा निकै रमाईला दृश्यहरु कैद गरिएको छ ।पहिलो पटक सेन्टिमेन्टल गीतको भिडियो बनाएको कार्टुन्ज क्रुले गीतको भिडियो बनाउँदा भने एकदमै रमाइलो गरेको छ । १६ मिनेट लामो भिडियोमा सुटिङका सबै दृश्यहरु समावेश गरिएको छ ।यो समाचार तयार पार्दा सम्म भिडियोलाई १८ लाख ५० हजार भन्दा बढी पटक हेरिएको छ ।दर्जन बढि गीतमा अभिनय गरिसकेको कार्टुन्ज क्रुले गरेका सबै गीतहरु युटूबको मिलियन क्लबमा प्रवेश गर्ने गरेका छन् ।अल्मोडा राना उप्रेतीको स्वर, शब्द तथा संगीत रहेको गीतले एक युगल प्रेमजोडी छुट्नु पर्दाखेरी फेरि कहिले भेट्न सकिएला र भन्ने भाबहरुलाई समेटिएको छ ।भिडियोमा सरोज अधिकारीको कन्सेप्ट, निर्देशन र कोरियोग्राफी रहेको छ ।केही समय अघि नै  सार्बजनिक भएको  गीतले राम्रै चर्चा कमाईसकेको छ ।नवराज उप्रेतीको छायांकनमा तयार भएको भिडियोलाई मोक्ष प्रोडक्सनका प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् ।भिडियोमा सरोजसँगै आश्मा बिश्वकर्मा, लाक्पा दि लामा, राम घले, सुविन चन्द्र अधिकारी, र बिकास राई देखिएका छन् । १७ दिन अघि सार्वजनिक गीतमा १८ लाख ५० हजार भन्दा बढि पटक हेरिएको छ ।

हेर्नुहोस् गीत सुटिङको भिडियो:

 

https://youtu.be/ZXrzSWvNmpE

यो पनि हेर्नुहोस् :

http://sallerikhabar.com/post/12813

 

 

प्रतिक्रिया दिनुहोस्