Logo

सिरी ‘ए’- डिफेन्डिङ च्याम्पियन युभेन्टसको विजयी सुरुवात



Spread the love

एजेन्सी । साबिक विजेता युभेन्टसले इटालियन सिरी ‘ए’ मा सानदार सुरुवात गरेको छ।एलिएन्ज एरिना टुरिनमा गएराति भएको खेलमा युभेन्टसले साम्पडोरियालाई ३–० को पराजित गरेको हो।

खेलको १३औं मिनेटमा डिजान कुलुसेभ्स्कीले गोल गर्दै टोलीलाइ सुरुवाती अग्रता दिलाए।रिबाउन्डमा आएको बललाइ लियोनार्दो बोनुचीले ७९औं मिनेटमा गोलमा परिणत गर्दै अग्रता दोब्बर पार्यो। खेलको ८८ औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेल ३–० को जित दिलाए।

अर्को खेलमा नेपोलीले पार्मालाई २–० ले तथा काग्लियरीले ससुस्लोले १–१ को बराबरी गर्दा जियोनाले कोटोनलाइ ४–० को फराकिलो अन्तरमा पराजित गर्‍याे।

प्रतिक्रिया दिनुहोस्