Logo

२४ घण्टा यता कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या ह्यातै बढ्यो



Spread the love

७ असोज, एजेन्सी। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले ब्राजिलमा पनि तीव्र संक्रमण तथा मर्न थालेका छन् भने अहिले विश्वभर दोस्रो जोखिम रहेको देश भएको छ । गत हप्तासम्म सामान्य रहेको ब्राजिलमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि उकालो लाग्दै गएको छ ।

२४ घण्टा यता ब्राजिलमा कोरोनाबाट ८ सय ९ जनाको मृत्यु भएको छ भने हिजो मंगलबार ४ सय ५५ जनाको ज्यान गएको थियो । हिजोको तुलनामा २ गुणाले बढेको छ । अहिले सबै भन्दा बढी प्रभावित भएको देश अमेरिका भन्दा पछाडी तेस्रो नम्बरमा रहेको छ । जसमा ३० हजार नयाँ संक्रमित थपिएका छन् ।

जोन्स होप्किन्स यूनिभर्सिटीको अनुसार ब्राजिलमा कोरोना भाइरसबाट ४५ लाख ९५ हजार भन्दा धेरै संक्रमित भएका छन् भने १ लाख ३८ हजार १ सय ५९ जनाको मृत्यु भएको छ । ३९ लाख ४५ हजार भन्दा धेरैलाई उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्