Logo

कोरोनाविरुद्ध रुसले बनाएको भ्याक्सिन प्रभावकारी रहेको राष्ट्रपति पुटिनको दाबी



Spread the love

एजेन्सी। कोरोनाविरुद्ध रुसले बनाएको भ्याक्सिन प्रभावकारी रहेको राष्ट्रपति भ्लादिमिर पुटिनले दाबी गरेका छन् ।

हामी आफ्नो अनुभव साट्न तयार छौँ र रुसी भ्याक्सिन आपूर्ति गर्नेलगायत विषयमा सबै देश तथा अन्तर्राष्ट्रिय समुदायसँग संयोजन जारी राख्ने भर्चुअल रुपमा आयोजित संयुक्त राष्ट्रसंघको महासभामा उनले भने ।

पुटिनले संयुक्त राष्ट्रसंघका कार्यालयहरुमा कोरोना महामारीले असर गरेको भन्दै निःशुल्क भ्याक्सिन उपलब्ध गराउन आफू तयार रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्