Logo

रेस्टुरा जानेहरुलाई कोरोना संक्रमणको जोखिम बढी – अध्ययन



Spread the love

एजेन्सी। रेस्टुरा जानेहरुलाई कोरोना संक्रमणको जोखिम बढी रहेको अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले गरेको अध्ययनले देखाएको छ। अमेरिकाका ११ वटा स्वास्थ्य सेवा प्रदायक स्थानहरुमा लक्षणसहितका कोभिड– १९ का विरामीहरुमा गरिएको अनुसन्धानमुलक अध्ययनले सो कुरा देखाएको हो ।

अमेरिकामा कोरोनाभाइरस पोजेटिभ देखिएका अधिकांशतः मानिसहरुमध्ये रेस्टुराँतिर गएर खानेहरु देखिएका छन् । अनुसन्धानकर्ताहरुले खाने र पिउने सुविधा प्रदान गर्ने त्यस्ता स्थानमा जानेहरुमा कोभिड– १९ पोजेटिभको संक्रमण बढी देखिएको पाए ।

रेस्टुराँमा गएर खाँदा मास्कको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न सहज हुँदैन ।

प्रतिक्रिया दिनुहोस्