Logo

नोभेम्बरमा चुनाव हारे पनि सत्ता हस्तान्तरण नगर्ने ट्रम्पको अडान



Spread the love

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नोभेम्बरमा चुनाव हारे पनि सत्ता हस्तान्तरण नगर्ने अडान राखेका छन् ।

डोनल्ड ट्रम्पसँग एक पत्रकारले डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेनसँग चुनाव हार्दा, जित्दा वा समान भएको स्थितीमा शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्नुहुन्छ भनेर प्रश्न सोधेका थिए ।

यसमा डोनल्ड ट्रम्पले भने, ‘म मतपत्रको कुरा सधैं उठाउने गर्छु र यो एउटा समस्या हो ।’

जब पत्रकारले मानिसहरुले हंगामा गरिरहेका छन् त भनेर सोधे तब ट्रम्पले उनलाई गाली गर्दै भने, ‘असाध्यै शान्तिपूर्ण सत्ता हस्तान्तरण हुनेछैन, त्यहि सरकार जारी रहनेछ ।’

कोरोनाभाइरसको सुरक्षालाई मध्यनजर गर्दै अमेरिकाका थुप्रै राज्यले हुलाकमार्फत् मतदानलाई प्रोत्साहन दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्