Logo

अप्रिलदेखि विवाह गर्ने नयाँ जोडीलाई ६ लाख दिइने



Spread the love

एजेन्सी। जापानले नवविवाहित जोडीका लागि आर्थिक सहयोगको घोषणा गरेको छ । आगामी अप्रिलदेखि विवाह गर्ने नयाँ जोडीले ६ लाख जापनिज रुपैयाँ प्राप्त गर्ने जापान सरकारले घोषणा गरेको छ ।

मान्छेहरू काममै व्यस्त हुँदा धेरै जापानिज ढिला विवाह गर्ने वा अविवाहित नै रहने क्रम बढेको छ । उनीहरूको यही जीवनशैलीका कारण जापानमा जन्मदर घट्दो अवस्थामा छ । त्यसैले जापान सरकारले नवविवाहित सहयोग कार्यक्रमको घोषणा गरेको हो ।

यो सुविधा लिन चाहने बेहुलाबेहुली दुवैजना विवाह गर्ने समय ४० वर्षभन्दा कम उमेरको हुनुपर्नेछ । जापानको केही स्थानीय तहमा यो कार्यक्रम यसअघिबाटै लागू थियो ।

प्रतिक्रिया दिनुहोस्