Logo

जाडो माैसममा कोरोना झनै फैलिने, २० लाख मानिसको मृत्यु हुनसक्ने डब्लुएचओको चेतावनी



Spread the love

एजेन्सी। विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले कोरोना संक्रमणबाट झण्डै बीस लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएको छ । जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा डब्लूएचओका आपतकाल विभाग प्रमुख माइक राइनले विश्वब्यापी सहकार्य नहुने हो भने संक्रमणवाट मृत्यु हुनेको संख्या सोचेभन्दा धेरै हुने बताएका छन् । विश्व सामुदाय नै सचेत नभएमा संक्रमणले सोचेभन्दा धेरै क्षति गर्ने उनलेे बताए ।

चिसो महिना सुरु भएसँगै संक्रमणको दोस्रो लहर फैलने चिन्ता डब्लुएचओले ब्यक्त गरेको छ ।

कोरोना संक्रमणबाट अहिलेसम्म झण्डै दश लाख मानिसको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्