Logo

सर्वोच्च अदालतको नयाँ न्यायाधीशका लागि एमी कोनीको नाम प्रस्ताव



Spread the love

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको नयाँ न्यायाधीशका लागि एमी कोनी ब्यारेटको नाम प्रस्ताव गरेका छन् ।

उदारवादी न्यायाधीश रुथ बेडर गिन्सबर्गको स्थानमा नियुक्त गर्न ट्रम्पले ४८ बर्षिय एमीको नाम मनोनयन गरेका हुन् ।

ह्वाइट हाउसमा मनोनयन घोषणा गर्दै ट्रम्पले एमीलाई अपूर्व उपलब्धी हाँसिल गर्ने महिला भएको उल्लेख गरे । उनी संविधानप्रति अटूट निष्ठा राख्ने व्यक्ति भएको पनि ट्रम्पको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्