Logo

धर्म–कर्मको महिना मलमास – यस्ता कुरामा ध्यान राखे १० गुणा बढी फल पाइन्छ !



Spread the love

यो मलमास असोज महिनाको अन्त्यसम्मै रहनेछ । धर्म–कर्मको महिना मलमास, यस्ता कुरामा ध्यान राखे १० गुणा बढी फल पाइन्छ ।

मलमासको समयमा पूजा–पाठ गर्नाले फल १० गुणा बढी पाइन्छ भन्ने जनविश्वास छ ।
भगवान विष्णुको चौथो अवतार नृःसिंह र श्रीकृष्ण देवताको पूजा गर्नाले सबै प्रकारको संकट नष्ट हुन्छ ।
मलमासका बेला गीताको १४ औं अध्यायलाई पनि दैनिक अर्थसहित पाठ गर्नुपर्छ ।
मलमासका बेला मह, मुसुरोको दाल, लसुन, प्याज र नशालु पदार्थ इत्यादिको सेवन गर्नु हुँदैन ।
मलमासको महिनामा धर्म–कर्म, दान–पुण्य आदि कार्य गर्छ उनीहरु सबै पापबाट मुक्त भएर बैकुण्ठ बास प्राप्त हुन्छ ।
यो मलमासको महिनामा पुरुषोत्तम भगवानलाई श्रद्धासहित पूजा–पाठ र ब्रत आदि कार्य गर्ने व्यक्तिले पनि अन्ततः भगवानको धाम नै प्राप्त हुन्छ ।
घरको मन्दिरमा शालिग्राम भगवानको मूर्तिको अगाडि घ्यूको अखण्ड बत्ती बाल्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्