Logo

डब्लुएचओले १३३ देशमा केही मिनेटभित्रै कोरोना पत्ता लाग्ने प्राविधि पुर्याउने



Spread the love

एजेन्सी। विश्व स्वास्थ्य सङ्गठन ‘डब्लुएचओ’ ले केही मिनेटभित्रै कोरोना संक्रमण पत्ता लगाउने परीक्षण विधि न्यून र मध्यम आय भएका मुलुकमा पुर्याउने भएको छ ।डब्लुएचओले पाँच डलर मात्र लागत पर्ने उक्त प्रविधि स्वास्थ्यकर्मी र प्रयोगशाला कम भएका अल्पविकसित मुलुकमा पठाउन लागेको हो ।

डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले यो परीक्षण कोरोना नियन्त्रणका लागि प्रमुख कोसेढुङ्गा साबित हुने बताए ।

हाल महामारीले धेरै असर पारेका र मृत्यु भएका १ सय ३३ देशमा सहायता पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्