Logo

प्रत्यक्ष टेलिभिजन बहसमा राष्ट्रपति ट्रम्प र बाइडेनबीच चर्काचर्की



Spread the love

एजेन्सी । नोभेम्बरमा हुन लागेको चुनावमा दोस्रो कार्यकालका लागि चुनाव लड्दै गरेका वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रतिद्वन्द्वी जो बाइडेनबीचको पहिलो प्रत्यक्ष बहस चर्काचर्कीमा टुंगिएको छ।

अमेरिकी सञ्चारमाध्यमले फक्स न्यूजका क्रिस वालसले सञ्चालन गरेको बहसलाई ‘इतिहास’ मै खराब भनेका छन् ।

बहसका क्रममा ट्रम्पले बाइडेनको जवाफको क्रममा निरन्तर अवरोध गरेपछि सञ्चालकले रोक्नुपरेको थियो ।

कोरोना महामारी, सर्वोच्च अदालत, रंगभेद, अर्थतन्त्र, जलवायु परिवर्तन तथा चुनावी स्वतन्त्रता सहितका विषयमा दुबैले बहसमा धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्