Logo

कुवेतका नयाँ राजा शेख नवाफ



Spread the love

एजेन्सी। कुवेतका शेख नवाफ अल अहमद अल शबाह नयाँ राजा भएका छन् । राजा शेख शबाह अल अहमद अल जबर अल शबाहको ९१ वर्षको उमेरमा निधन भएपछि उनी नयाँ राजाका लागि चयन भएका हुन् ।

८३ वर्षका शेख नवाफ अल–अहमद मृत्यु भएका शेखका सौतेनी भाइ हुन् । राजा शेख शबाहले सन् २००६ देखि कुवेतको राजगद्दी सम्हालेका थिए । उक्त समयमा सौतेनी भाइ उत्तराधिकारी घोषित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्