Logo

सामूहिक बलात्कारपछि हत्या गरिएकी युवतीको लाश जलाउँदा हाँस्यो प्रहरी



Spread the love

एजेन्सी। भारतको उत्तर प्रदेशस्थित हाथरसमा दलित युवतीलाई सामूहिक बलात्कारपछि गरिएको हत्या गरिएको छ। तर घटनापछि उत्तर प्रदेश प्रहरीको अमानवीय रवैया पनि देखिएको छ ।

मंगलवार अबेर राति युवतीको शवलाई हाथरस लग्दा निष्पक्ष न्यायका लागि माग गर्दै शव लिन अस्वीकार गर्नेहरूलाई अटेरी गरी प्रहरीले जबर्जस्ती मृत युवतीको दाहसंस्कार गरेको छ ।

ती युवतीको शव जल्दै गर्दा प्रहरीका कतिपय अधिकारीहरूले छेउमा उभिएर गफ गरिरहेका थिए अनि हाँसिरहेका थिए । युवतीको परिवारले न्यायको भिक्षा मागिरहँदा उत्तर प्रदेश प्रहरी चाहिँ गफ चुटेर उभिरहेको पाइयो ।

प्रतिक्रिया दिनुहोस्