Logo

कोलकता भर्सेस राजस्थान, कसले बाजी मार्ला?



Spread the love

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सले प्रतिस्पर्धा गर्दैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार साँझ ७:४५ मा सुरु हुनेछ ।

राजस्थान रोयल्सले यसअघिका दुई खेलमा राम्रो प्रदर्शन गरेको थियो भने पहिलो खेलमै मुम्बइ इण्डियन्ससँग पराजय भोगेको कोलकताले हैदराबादमाथि सानदार जित निकालेको थियो।

‘हेड टु हेड’ हेर्ने हो भने यी दुई टोलीबीचका २१ खेलमा दुवै टिमले समान १०/१० जित निकालेका छन् भने एक खेल नतिजाबिहीन भएको थियो।

प्रतिक्रिया दिनुहोस्