Logo

राजस्थानको पहिलो हार, कोलकत्ताको लगातार दोस्रो जित



Spread the love

एजेन्सी। इन्डियन प्रिमियर लिग(आइपीएल) अन्तर्गत बुधबार राति भएको खेलमा राजस्थान रोयल्समाथि कोलकत्ता नाइट राइडर्सले ३७ रनले पराजित गरेको छ।

कोलकत्ताले दिएको १७४ रनको लक्ष्य पछ्याएको राजस्थान निर्धारित २० ओभरमा ९ विकेटको नोक्सानीमा १३७ रन मै समेटियो। कुर्रानले ३७ बलमा ५४ रन जोडेपनि त्यो जितका लागि पर्याप्त भएन।

त्यसअघि कोलकत्ताले ६ विकेट गुमाएर १७४ रन बनाएको थियो। उसका शिभम गिलले ३४ बलमा ४७ रन जोडे।

प्रतिक्रिया दिनुहोस्