Logo

युनाइटेड, सिटी र एभर्टन काराबाओ कपको क्वाटरफाइनलमा



Spread the love

एजेन्सी। काराबाओ कप अन्तर्गत बुधबार राति भएको खेलमा म्यान्चेस्टर सिटीले पनि बर्नलीलाई ३–० गोलले अन्तरले हराउँदै प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ । सिटीलाई जीत दिलाउन राहिम स्टर्लिङले २ तथा फेरान टोरेसले एक गोल गरे ।

त्यस्तै एभर्टनले वेस्टहाममाथि ४–१ गोलको जित निकाल्दै अन्तिम आठमा पुगेको छ। लनले ११ औं, ७८ औं र ८४ औं मिनेटमा गोल गरेका थिए भने रिकार्लिसनले ५६ औं मिनेटमा गोल गरे।

ब्राइटनलाई हराउँदै म्यान्चेस्टर युनाइटेड काराबाओ कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । म्यानचेस्टर युनाइटेडले ३–० गोलको सहज जित निकाल्दै कारोबाओ कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

जितका लागि स्कट म्याक टोमिनी, जुअन माटा र पाउल पोग्बाले समान १–१ गोल गरे।

प्रतिक्रिया दिनुहोस्