Logo

जर्मन सुपर कपको उपाधि बायर्न म्युनिखलाई



Spread the love

एजेन्सी । जर्मन सुपर कपको उपाधि बायर्न म्युनिखले हात पारेको छ। फाइनलमा बोरुसिया डर्टमन्डलाई ३–२ गोल अन्तरले हराउँदै उपाधि जितेको हो।

खेलको १८ औं मिनेटमा टोलिस्सोले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाए। त्यस्तै ३२ मिनेटमा मुलरले गोल गर्दै अग्रतालाई दोब्बर पारे। खेलको ३९ औं मिनेटमा जुलियन ब्राण्डले गोल गर्दै डर्टमन्डलाई खेलमा फर्काए। ५५ औं मिनेटमा हाल्यान्डले गोल गर्दै खेललाई बराबरीमा ल्याए। तर ८२ औं मिनेटमा किमिचले गोल गर्दै बायर्नलाई ३–२ गोलको जित दिलाए।

यसअघि सेभियालाई हराउँदै आठौं पटक सुपरकपको उपाधि जितेको थियो।

प्रतिक्रिया दिनुहोस्