Logo

कोरोनामुक्त भएपछि यी काम गर्नाले पुनः संक्रमणबाट जाेगाउछ !



Spread the love

एजेन्सी। कोरोनाभाइरसबाट ठिक भइसकेका मानिसहरु पुनः संक्रमित भइरहेका छन् । मास्क लगाउने, सामाजिक दुरी अपनाउने र हात धुनेजस्ता नियम सबैका लागि हो तर कोरोनामुक्त भएकाहरुले केही विशेष कुरामा ध्यान दिनुपर्छ । यी काम गर्नाले पुनः संक्रमणबाट जाेगाउछ।
स्मरणशक्ति बढाउने क्रियाकलाप गर्नुहोस्ः
कोरोनाले स्मरणशक्तिमा प्रभाव पारेको हुन्छ । आफ्नो स्मरणशक्ति बढाउनका लागि पजल्स वा कुनै यस्ता गेम खेल्नुहोस् जसमा दिमागको प्रयोग धेरै हुन्छ ।
अरुको पनि मद्दत लिनुहोस्ः
आफू ठिक हुने प्रक्रियामा अरुलाई पनि समावेश गर्नुहोस् । तपाईंलाई धेरैभन्दा धेरै आरामको आवश्यकता छ भनेर बुझ्नुहोस् ।
नियमित रुमपा व्यायाम गर्नुहोस्ः
कोरोनामुक्त भएपछि शरीर कमजोर हुने हुँदा व्यायाम गर्न निकै गाह्रो हुने गर्छ तर बिस्तारै बिस्तारै यसलाई आफ्नो रुटिनमा समावेश गर्नुहोस् । नियमित व्यायाम गर्दा तपाईंको शरीरिक र मानसिक स्वास्थ्य पनि फिट हुनेछ ।
पौष्टिक खानाको रुटिन बनाउनुहोस्ः
आफ्नो खानामा धेरैभन्दा धेरै पौष्टिक आहार समावेश गर्नुहोस् । यसले तपाईंको स्वास्थ्यमा निकै राम्रो सुधार हुनेछ । आवश्यकताभन्दा धेरै नखानुहोस् ।
बिस्तारै अघि बढ्नुहोस्ः
कोरोनाभाइरसको रिपोर्ट नेगेटिभ आएपछि सामान्य जीवनतर्फ अघि बढ्न हतार नगर्नुहोस् । तपाईंले आफूले आफैंललाई थोरै समय दिनुहोस् र बिस्तारै बिस्तारै आफ्नो पुरानो दिनचर्यामा फर्कने कोसिस गर्नुहोस् ।
चेतावनीयुक्त संकेतलाई बुझ्नुहोस्ः
कोरोनाबाट निको भइसकेपछि पनि यदि तपाईंमा कुनै समस्या देखिएको छ भने यसलाई नजरअन्दाज नगर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्