Logo

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नजिक



Spread the love

एजेन्सी । भारतमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९८ हजार ७ सय आठ पुगेको छ। भारतमा दैनिक एक हजारको हाराहारीमा कोराना संक्रमितको मृत्यु भैरहेको छ ।

भारतमा कुल संक्रमित संख्या ६३ लाख १० हजार २ सय नाघेको छ । पछिल्लो २४ घन्टामा एक हजार १ सय ७९ जनाको मृत्यु भएको छ । साथै ८६ हजार ७ सय ४८ जना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये ५२ लाख ७० हजार संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्