Logo

हाम्रो भूमीबाट अर्मेनियाका सेना नहटेसम्म युद्ध चलिरहन्छ – अजरबैजानका राष्ट्रपति



Spread the love

एजेन्सी । अजरबैजानका राष्ट्रपति इल्हाम एलिएभले आफ्नो भूमीबाट अर्मेनियाका सेना नहटेसम्म युद्ध जारी रहने बताएका छन् । विवादास्पद नागोर्नो काराबाख क्षेत्रमा चौथो दिन पनि भीषण युद्ध भएपछि राष्ट्रपति एलिएभको यस्तो प्रतिक्रिया आएको हो।

यसैविच टर्कीले अजरबैजान र अमेर्नियाबीच शान्ति वार्ताको मध्यस्थता गर्ने प्रस्ताव गरेको छ ।

सो क्षेत्र अजरबैजानको भएपनि अर्मेनियाको जातीय समुहले नियन्त्रणमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्