Logo

आजको मौसम कस्तो रहला ?



Spread the love

१६ असोज, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज उत्तर पश्चिम वंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ। 

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने महाशाखाले जनाएको हो।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।

शुक्रबार राति पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

अहिले बिहानीपख देशका पहाडी भूभाग लगायत प्रदेश १ र प्रदेश २ का तराई भेगमा आंशिक देखि सामान्य बदली रहेको छ।

प्रतिक्रिया दिनुहोस्