Logo

रोहितको कीर्तिमानमा मुम्बईसँग निरिह बन्यो पञ्जाव



Spread the love

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराती भएको खेलमा मुम्बई इन्डियन्सले किंग्स इलेवन पञ्जाबलाई ४८ रनले पराजित गरेको छ । मुम्बईले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको पञ्जाबले ८ विकेटको क्षतिमा १ सय ४३ रन मात्र बनाउन सक्यो ।

पञ्जाबका लागि निकोलास पुरनले सर्वाधिक ४४ रन बनाए भने मयंक अग्रवालले २५ रनको योगदान दिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेटको नोक्सानीमा १९१ रन बनाएको थियो ।

कप्तान रोहित शर्माले सर्वाधिक ७० रन बनाए ।
योसँगै रोहितले प्रतियोगितामा सर्वाधिक अर्धशतक बनाएको सुरेश रैनाको रेकर्डलाई पनि बराबरी गरेका छन् ।

किरोन पोलार्डले विस्फोटक ब्याटिङ गर्दै २० बलमा नटआउट रहँदै ४७ रन बनाए । हार्दिक पान्ड्याले ३० रन जाेडे ।

प्रतिक्रिया दिनुहोस्