Logo

सामूहिक बलात्कारपछि हत्या गरिएकी युवतीको केस नसेलाउदै फेरी अर्को घटना



Spread the love

१६ असोज, एजेन्सी । भारतको उत्तर प्रदेशमा लगातार किशोरी तथा युवतीहरुको बलात्कारपछि हत्याका घटना सार्वजनिक भइरहेका छन्।

हाथरस र बलरामपुरमा आजमगढ र बुलंदशहरमा भएको विभत्स घटनाको विरोध चौतर्फी रुपमा भइरहेका बेला भदोहीमा पनि एक किशोरीको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ।

किशोरीको शव बिहीबार खेतमा भेटिएको हो । परिवारका अनुसार उनको टाउको कुचिएको छ । उनको बलात्कारपछि हत्या भएको परिवारले बताएका छन् । प्रहरीले बलात्कारसहित अरु विभिन्न पक्षलाई लिएर अनुसन्धान गरिरहेको बताएको छ ।

भदोहीका प्रहरी अधिकारी राम बदनले बिबिसी हिन्दीसँग भनेका छन्, ‘१४ वर्षकी दलित किशोरी दिउँसो शौचका लागि गएकी थिइन् । निकै बेर घर नफर्किएपछि उनका भाइ खोज्दै जाँदा खेतमा शव भेटियो । शव नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाइएको छ ।’

प्रहरीका अनुसार किशोरीको अनुहार र शरीरका अरु अंगमा चक्कुले प्रहार गरेको चोट छ। प्रहरीका अनुसार घटना भदोही जिल्लाको गोपीगंज थाना क्षेत्रको तिवारीपुर गाउँमा बिहीबार दिउँसो भएको हो।

किशोरीमाथि बलात्कार भए नभएको कुरा पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने प्रहरी अधिकारीले बताएका छन् । बिबिसी

प्रतिक्रिया दिनुहोस्