Logo

बार्सिलोनाको लगातार दोस्रो जित



Spread the love

एजेन्सी। बार्सिलोनाले स्पेनिस ला लिगामा सेल्टा डि भिगोमासथ सहज निकालेको छ । १० खेलाडीमा समेटिएको बार्सिलोनाले सेल्टालाई उसकै मैदानमा ३–० को पराजित गरेको हो ।

११औं मिनेटमा अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । ४२औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटियो । डेनिस सुआरेजमाथि फल गरेपछि डिफेन्डर क्लेमेन्ट लेङ्लेट दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिए ।

५१औं मिनेटमा लुकास ओलाजाले आत्मघाती गोल गरेपछि बार्सिलोनाले खेलमा २–० को अग्रता लिन सफल भयो । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा सर्जी रोबर्टाेले गोल गर्दै बार्सिलोनालाई ३–० को सहज जित दिलाए ।

यस्तै ला लिगाको अर्काे खेलमा काडिजले एथ्लेटिको बिल्वाओलाई तथा सेभियाले लेभान्टेलाई समान १–० ले पराजित गर्दै महत्वपुर्ण ३ अंक बटुलेको छ।

प्रतिक्रिया दिनुहोस्