Logo

लिभरपुललाई हराउँदै आर्सनल कारवाओ कपको क्वाटरफाइनलमा



Spread the love

एजेन्सी। लिभरपुललाई हराउँदै आर्सनल कारवाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

एनफिल्डमा गएराति भएको निर्धारित समयको खेल गोलरहित बराबरीमा टुगिंएपछि पेनाल्टी सुटआउट र त्यसपछि सडनडेथमा आर्सनल ५–४ ले विजयी भएको हो ।

पेनाल्टी सुटआउटमा लिभरपुलका जेम्स मिल्नर, जर्जिनो वाइनाल्डम, ताकुमी मिनामिनो र कर्टिस जोन्सले गोल गर्दा चौथो पेनाल्टी प्रहार गरेका डिभोक ओरिगी र छैटौं पेनाल्टी प्रहार गरेका ह्यारी विल्सन चुके ।आर्सनलका एलक्सान्द्रे लाकाजेट, सेडरिक सोआरेस, एन्सले मेटल्यान्ड निल्स, निकोलस पेपे र जोसेप विललकले गोल गर्दा तेस्रो पेनाल्टी प्रहार गरेका मोहमेद इलाने चुकेका थिए ।

प्रतिक्रिया दिनुहोस्