Logo

काश्मीरमा फेरि भिडन्त, भिडन्तमा तीन सैनिक मारिए



Spread the love

१६ असोज, एजेन्सी । जम्मू-कश्मीर क्षेत्रमा पाकिस्तानी सेनाको गोली लागेर तीन भारतीय सैनिकको मृत्यु भएको छ। अन्य ४ सैनिक घाइते भएका छन्।

भिडन्तमा पाकिस्तानी सेनाको गोली लागेर तीन जना भारतीय सैनिक मारिएको भारतीय सेनाका प्रवक्ता राजेश कालियालाई उधृत गर्दै अलजजिराले लेखेको छ ।  

पाकिस्तानी सेनाको गोली प्रहारबाट भिन्दाभिन्दै स्थानमा यस्तो घटना भएको हो । जहाँ पाँचजना घाइते भएका छन् । यस्तो गोली प्रहारबाट कश्मीरको कुपवान्डास्थित नौगाममा दुईजनाको मृत्यु भयो भने पुन्छ सेक्टरमा एकजना मारिएका थिए ।

तर कतिको मृत्यु भयो यकिन छैन । पछिल्लो वर्ष पाकिस्तान र भारतका दुबै देशका सेनाले बारम्बार युद्धविराध उल्लंघन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्