Logo

बायर्नका लेवान्डोस्की बने सर्वोत्कृष्ट पुरुष खेलाडी



Spread the love

एजेन्सी। बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्की सन् १९/२० सिजनको सर्वोत्कृष्ट यूईएफए पुरुष खेलाडी बन्न सफल भएका छन् । उनलेे बायर्नका म्यानुअल नुयर र म्यान्चेस्टर सिटीका मिडफिल्डर केभिन डि ब्रुयनालाई पछि पार्दै उपाधि हात पारेका हुन् ।

गत सिजन बायर्नले च्याम्पियन्स लिग, बुन्डेस लिगा र जर्मन कप जित्दा लेवान्डोस्कीले ४७ खेलमा ५५ गोल गर्न सफल भएका थिए । ह्यान्सी फ्लीक उत्कृष्ट पुरुष प्रशिक्षक चुनिए ।

वर्षको उत्कृष्ट गोलकिपर नुयर छानिए भने डिफेन्डरमा बायर्न कै जोसुआ किमिच चुनिए ।

प्रतिक्रिया दिनुहोस्