Logo

राष्ट्रपति ट्रम्पमा कोरोना देखिएपछि स्टक मार्केटमा लाग्यो ओरालो



Spread the love

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत आफुलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका थिए ।

नजिकैका सल्लाहकारमा कोरोना पुष्टि भएपछि उनी क्वारेन्टाइनमा बसेका थिए । २ लाख अमेरिकीहरुले ज्यान गुमाएपछि देशका सर्वोच्च व्यक्तिमा कोरोना देखिएको हो ।

७४ वर्षका ट्रम्पमा कोरोना देखिएको खबर फैलिएसँगै अमेरिकामा स्टक मार्केट पनि ओरालो लागेको छ ।

मंगलबार साँझ भएको राष्ट्रपति बहसमा ट्रम्पले डेमोक्रेट्रिक पार्टीका उम्मेदवार जो बाइडेनलाई निरन्तर मास्क लगाएको भन्दै जिस्क्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्