Logo

धोनीको कीर्तिमानका बाबजुद हार्यो चेन्नई सुपर किंग्स



Spread the love

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सनराइजर्स हैदरावादसँग सात रनले पराजित भएको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १६४ रन बनाएको थियो।

१६५ रनको लक्ष्य पछ्याएको चेन्नईले पाँच विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो। चेन्नईका लागि रविन्द्र जडेजाले ५० रन र कप्तान महेन्द्रसिंह धोनीले नटआउट ४७ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। धोनीले ३६ बलमा ४ चौका र १ छक्का हिर्काए। जडेजाले ३५ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनीले आफ्नै टीमका सुरेश रैनाको कीर्तिमान तोडेका हुन्। धोनीको यो १९४औं खेल हो। धोनीले आईपीएलका सबै संस्करण खेलेका छन्।
आईपीएल इतिहासमा रोहित शर्मापछि धोनी दोस्रो सफल कप्तान हुन्।

प्रतिक्रिया दिनुहोस्