Logo

प्रतिबन्धपछि मैदान फर्किएका नेइमारको दुई गोलको मदतमा पिएसजीको शानदार जित



Spread the love

एजेन्सी। फ्रेन्च लिग वान अन्तर्गत शुक्रबार राति भएको खेलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले शानदार जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले एन्जर्सलाई ६–१ ले हराएको हो ।

सातौँ मिनेटमा फ्लोरेन्जीले गरेको गोलबाट पिएसजीले सुरुवाती अग्रता बनायो । नेइमारले ३६ र ४७ औँ मिनेटमा गोल गरे।

एन्जर्सका ट्राओरीले ५२ औँ मिनेटमा गोल फर्काएका हुन् । त्यसपछि पिएसजीका लागि ५७ औँ मिनेटमा ड्रेक्सलर, ७१ औँ मिनेटमा गुएयी र ८४ औँ मिनेटमा एमबाप्पेले गोल गरी फराकिलो जित दिलाए ।

नेइमार दुई खेलको प्रतिबन्धपछि मैदान फर्किएका हुन्।

प्रतिक्रिया दिनुहोस्