Logo

श्रीमतीकाे कपाल मुडेर कालाेमाेसाे दली दिसा खुवाएर गाउँ डुलाउने श्रीमानसहित सातजना पक्राउ



Spread the love
हत्या आरोपमा सातजना पक्राउ

१७ असोज, हुम्ला । हुम्लामा पर-पुरुषसँग सम्बन्ध राखेकाे आराेपमा श्रीमतीकाे कपाल मुडेर कालाेमाेसाे दली दिसा खुवाएर गाउँ डुलाउने श्रीमानसहित सातजना पक्राउ परेका छन्।

सिमकोट गाउँपालिका निवासी २३ वर्षीया महिलालाई यसरी अमानवीय व्यवहार गर्ने उनका श्रीमानसहित सातजनालाई प्रहरीले पक्राउ गरेको हो।

शुक्रबार भएकाे याे घटनामा संलग्न रहेका सातजनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालयका डीएसपी सूर्य सुवेदीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्