Logo

संक्रमण पुष्टि भएको २४ घन्टा नबित्दै अस्पतालमा भर्ना गरियो ट्रम्पलाई



Spread the love

एजेन्सी। कोरोना संक्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएका छन् । संक्रमण पुष्टि भएको २४ घन्टा नबित्दै उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको हो ।

ह्वाइट हाउसले ट्रम्पलाई उपचारका लागि वाल्टर रीड नेशनल मिलिटरी मेडिकल सेन्टर लगिएको जनाएको हो ।

कोरोना संक्रमणको मध्यम लक्षण ट्रम्पमा देखिएको छ । ट्रम्पलाई हल्का ज्वरो आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्