Logo

कोरोना संक्रमित लुकाउँदै चीन



Spread the love

१७ असोज, बेइजिङ । चीनले दैनिक कोरोना संक्रमितको संख्या करिब शून्यमा झरेको दाबी गरिरहेको छ । अर्कोतिर भने अस्पतालबाट कोरोना संक्रमितहरु डिस्चार्ज भइरहेका छन् । 

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बुधवार कोभिड-१९ का बिरामीलाई चिनियाँ मुख्य भूमिमा मंगलबार स्वास्थ्य लाभ भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको बताएको छ । चीनमा १४३ जना सक्रिय संक्रमितहरुको अझै उपचार भइरहेको बताइएको छ ।  

चीनमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ८४ हजार ३८४ पुगेको छ । पछिल्लो २४ घण्टामा समेत चीनमा १२ जनामा कोरोना संक्रमण देखिएको छ । 

हालसम्म चीनको कोरोना भाइरसको संक्रमणबाट ४ हजार ६३४ जनाको मृत्यु भएको छ । त्यसैगरी ८० हजार ५५६ जना कोरोना संक्रमण निको भएका छन् । हङकङमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेपछि कडा प्रतिबन्धहरु जारी गरिएका छन् । 

प्रतिक्रिया दिनुहोस्