Logo

कोरोना संक्रमणबाट फरक फरक ठाउँमा २ जनाको मुत्यु



Spread the love

१७ असोज, काठमाडौं । शनिबार कोरोना संक्रमणबाट थप २ जनाको मुत्यु भएको छ ।

चितवनमा कोरोनाको सङ्क्रमणबाट शनिबार एक पुरुषको मृत्यु भएको छ। पुरानो मेडिकल कलेजमा उपचारको क्रममा भरतपुर महानगरपालिका–१५ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

अशोज १५ गते कलेजोको समस्या भई अस्पताल भर्ना हुनुभएका उनमा शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

अर्को मध्यपुरथिमि–१ लोहकिल्थलीमा कोरोना सङ्क्रमणका कारण एक पुरुषको शनिबार बिहान मृत्यु भएको छ। घरमै आइसोलेशनमा बसेका ५० वर्षीय ती पुरुषको पाटन अस्पताल लैजाँदै गर्दा मृत्यु भएको परिवारले जनाएको छ ।

पाँच दिनअघि कोरोना पुष्टि भएका ती पुरुष निमोनियाका पुराना बिरामी भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्