Logo

चलचित्र ‘शत्रु गते’को पहिलो गीत सार्वजनिक



Spread the love

यस वर्षको प्रतिक्षित चलचित्र ‘शत्रु गते’को पहिलो गीत सार्वजनिक भएको छ । ‘रुपै मोहनी नारन रुपै मोहनी’ बोलको गीत शुक्रवार युट्युबमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा मिना निरौला र टंक बुढाथोकीको स्वर रहेको छ ।गायक टंक बुढाथोकीको नै गीतमा सङ्गीत रहेको छ । सार्वजनिक गीतमा चलचित्रका कलाकार दिपकराज गिरी, हरिबंश आचार्य, दिपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतका सबै  जसो कलाकार फिचरिङ छन् ।भिडियोलाई कविराज गहतराजले कारियोग्राफी गरेका हुन् । मह सञ्चारको प्रस्तुतिमा किरण केसीको निर्माण रहेको चलचित्रलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन् ।

सिनेमाको कथा भने हरिवंश आचार्यले लेखेका हुन् । हेरौँ अब सिनेमाले भने दर्शकहरुलाई कत्त्तिको मोहनी लगाउने छ ।फिल्म चैत्र ९ गते प्रदर्शनमा आउदै छ ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/i7OcBvfB4lM

प्रतिक्रिया दिनुहोस्