Logo

प्रधानमन्त्रीका राजनीतिक र प्रेस सल्लाहकारलाई कोरोना संक्रमण



Spread the love

१७ असोज, काठमाडौं । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीका दुई सल्लाहकारलाई कोरोना संक्रमण भएको छ । दुबैले शुक्रबार स्वाब दिएका थिए ।

शनिबार कोरोना संक्रमण पुष्टि हुनेमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, राजनीतिक सल्लाहकार विष्णु रिमाल तथा परारष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रधानमन्त्रीका स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।

रिमालले शनिबार ट्वीट गर्दै आफूमा कोराना सङ्क्रमण भएको जानकारी दिएका हुन् ।
सूर्यले शनिबार ट्वीट गर्दै आफूमा कोराना सङ्क्रमण भएको जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्