Logo

‘कम्मरको ट्याटु’ सार्वजनिक



Spread the love

कार्टून क्रु र अल्मोडा राना उप्रेतिको पहिलो अफिसियल भिडियो ‘कम्मरको ट्याटु’ सार्वजनिक भएको छ। ‘कम्मरको ट्याटु’ बोलको गीतलाई उनिहरुले निकै नै रोमान्टिक तथा कमिडी सैलीमा प्र्स्तुत गरेका छन। जसमा कार्टुन्ज क्रुले यस अघिको भन्दा केहि फरक र नयाँ गर्ने प्रयास गरेको छ । जुन भिडियो हेर्दा प्रस्ट देख्न सखिन्छ ।‘कम्मरको ट्याटु’ बोलको गीतलाई उनीहरुले पृथक तथा रमाईलो सैलिमा प्रस्तुत गरेका छन् उनिहरुको डान्समा हरेक पटक केहि नौलोपन देख्न पाईन्छ ।गितमा शब्द , संगीत तथा र्याप राजेन्द्र भट्टले गरेका छन । छोटो समयमै आफुलाई स्थापित गर्न सफल काटुृन्ज क्रुले गरेका सबैगीत युटूबमा सुपरहिट हुने गरेका छन् । यस गीतमा अल्मोडा राना उप्रेतीको स्वर रहेको छ । यस गितको यरेन्ज अल्मोडा राना उप्रेतीले गरेका हुन्।कार्टुन्ज क्रुका सरोज अधिकारीको निर्देशनमा निर्माण भएको यस भिडियोमा सरोज , राम र सुबिनको कोरियोग्राफी रहेको छ ।भिडियोमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, लाक्पा लामा, राम घले, सुबिन अधिकारी तथा विकास राईले गज्जबको डान्स र कमेडी गरेका छन् ।‘कम्मरको ट्याटु’ बोलको गीतमा कार्टुन्ज क्रु अघिल्लो भिडियोहरुमा भन्दा निकै फरक शैलिमा प्रस्तुत भएको छ । फरक शैलीमा गीत गाउन माहिर अल्मोडाले ‘पानी पर्यो’ बोलको गीतबाट निकै राम्रो चर्चा कमाएका हुन् ।राम कुमार केसिको छायांकन रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन ।भिडियो एट के एभरेष्ट मोसन पिक्चर्सको युटुब च्यानलबाट रिलिज भएको छ ।‘कम्मरको ट्याट्टु’ बोलको गीतलाई फिल्मी सैलीमा निर्माण गरिएको छ।

हेर्नुहोस् भिडियो:

 

https://youtu.be/AgHGu-MaqpY

यो पनि हेर्नुहोस् :

'कम्मरको ट्याटु' सार्वजनिक (फोटो फिचर)

 

प्रतिक्रिया दिनुहोस्