Logo

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते



Spread the love

१९ असोज, गुल्मी। गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आज बिहान ६ बजे जिल्लाको गुल्मी दरबार गाउँपालिका वडा नम्बर १ बलिथुम टापुबाट मजुवातर्फ जाँदै गरेको लु ४ त २८३३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही स्थानकै १५ वर्षीय धन बहादुर माझीको घटनास्थलमै मृत्यु भएको हो ।

ट्याक्टर अनियन्त्रित भएर सडकभन्दा करिब २५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी केदार राज पन्तले जानकारी दिए ।

ट्याक्टरमा सवार अन्य दुईजना भने घाइते भएका छन् । ट्याक्टर चालक कपिलवस्तु घर भएका ३० वर्षीय रेशम ताम्राकार र गुल्मी दरबार गाउँपालिका १ का १५ वर्षीय लाल बहादुर बुढा मगर घाइते भएका छन् ।

ताम्राकार र मगर दुवैको ढाडमा चोट लागेको र थप उपचारको लागि मजुवा पठाइएको पन्थले जानकारी दिए । घाइतेहरूको अवस्था भने सामान्य रहेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्