Logo

नेपालका छोरा आदित्यसँग हुने भनिएको बिहे, आखिरकोसँग गर्दै छन् नेहा ?



Spread the love

एजेन्सी । पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल बलिउड गायिका नेहा कक्कडको विहेको चर्चा चलेको छ।

भारतीय मिडियाले आगामी २४ अक्टुबरमा नेहाले रोहन प्रीत सिंहसँग दिल्लीमा विहे गर्न लागेको उल्लेख गरेका छन्।

गायिका नेहा कक्करले चाँडै आफ्नो जीवन साथी रोहनप्रीत सिंहसँग बिहेको गाँठो बाँधिन लागेको खबर अहिले भारतीय मिडियामा छाएको छ । विहेको निमन्त्रणा समेत पठाइ सकिएको छ।

विहेमा दुबै परिवारका आफन्त र नजिकका मित्रमात्रै सहभागी हुने उल्लेख छ।

यसअघि नेहाको नाम सिंगिंङ रियालिटी शो ‘इंडियन आइडल’ मा होस्ट आदित्य नारायणसँग जोडिएको थियो। आदित्य र नेहाको जोडीलाई जुब रुचाइएको थियो। शोमै अभिभावक बोलाएर विहे गरिदिने भन्ने नाटक पनि गरियो। तर, केही भएन। अहिले इण्डियन आइडलको नयाँ सीजन सुरु हुनै फेरि नेहाको विहेको चर्चा सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्