Logo

एक महिलाले जन्म दिइन् पाँच शिशुलाई, एकको जन्मनुअघि नै मृत्यु



Spread the love

१९ असोज, काठमाडौं। काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति गृहमा एक महिलाले पाँच शिशुलाई जन्म दिएकी छन्। सोमबार नुवाकोटकी २८ वर्षीया महिलाले पाँच वटा शिशुलाई जन्म दिएकी हुन् ।

चार जना जीवित रहेको र १ जना भने जन्मनुअघि नै मृत्यु भइसकेको स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले जानकारी दिए।

अहिलेसम्म आमाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्