Logo

गम्भीर घाइते अफगानिस्तानका क्रिकेटर नाजिबको निधन



Spread the love

एजेन्सी । सडक दुर्घटनामा गम्भीर घाइते भएका अफगानिस्तानका क्रिकेटर नाजिब उल्लाह ताराकाइको निधन भएको छ।ओपनर ब्याट्सम्यान नाजिबको मंगलबार निधन भएको हो। गम्भीर घाइते भएका नाजिब कोमामा गएका थिए।

शुक्रबार बाटो काट्ने क्रममा रहेका नाजिबउल्लाहलाई कारले ठक्कर दिएको थियो । घटना लगत्तै उनलाई अस्पताल पुर्याइएको थियो ।

२९ वर्षीय नाजिबउल्लाहले सन् २०१४ मा अफगानिस्तानबाट अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनले १२ टी-ट्वान्टी अन्तराष्ट्रिय र १ एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्