Logo

शिक्षिकालाई दुर्व्यवहार गर्ने शिक्षक पक्राउ, दुर्व्यवहार गरेको भिडियो सोसल मिडियामा भाइरल



Spread the love

२१ असोज, दाङ । विद्यलायमै शिक्षिकालाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्‍जालमा भाइरल भएपछि घोराहीका एक शिक्षक पक्राउ परेका छन् ।

सहकर्मी शिक्षिकालाई दुर्व्यवहार गरेको आराेपमा पक्राउ

घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी २३ वर्षीय शिक्षक रानाले सोही स्कुलकी एक शिक्षिकालाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घोराहीस्थित सिद्धार्थ बोर्डिङ स्कूलका शिक्षक रामकुमार रानालाई दुर्व्यहारको भिडियो भाइरल भएपछि बुधवार जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको हो । भिडियोमा ती शिक्षकले शिक्षिकालाई आफ्नो गुप्ताङमा कैंची राखेर निकाल्न भन्दै दुर्व्यवहार गरिरहेको देखिएको छ ।

भिडियो भाइरल भएपछि बल्ल घटना सार्वजनिक भएसँगै पीडितको ठाडो उजुरी समेतको आधारमा दुर्व्यवहार गर्ने शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले बताए ।

दुर्व्यवहार खेपेकी शिक्षिकाले बुधवार सम्म प्रहरीमा आएर जाहेरी भने दिएकी छैनन् । घटनाबारे अनुसन्धान हुन बाँकी नै रहेको डीएसपी खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्