Logo

रोनाल्डोको घरमा चोरी



Spread the love
रोनाल्डो ने खुद को मेसी से बेहतर बताया, कहा- मुझे ज्यादा 'बैलन डि ओर' मिलने  चाहिए | Football: I deserve more Ballon d'Or awards than Lionel Messi, says  Ronaldo | Hindi News,

२२ असोज, एजेन्सी । पोर्चुगल तथा युभेन्टसका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डको घरका चोर पसेका छन् । पोर्चुगलको मदैरामा भएको रोनाल्डोको ७० लाख पाउण्डको घरमा चोरहरू पसेको समाचार पाएपछि प्रहरीले अनुसन्धान थालेका छन् ।

रोनाल्डो राष्ट्रिय टोलीमा अभ्यास गरिरहेको बेला उनको घरको ग्यारेजबाट चोरहरू नवनिर्मित घरमा घुसेको बताइएको ।

रोनाल्डोका एक जना आफन्तले बुधबार चोर पसेको सुचना दिएका थिए । सो रात रोनाल्डो स्पेनसँगको खेलमा उपस्थित भएका थिए । बुधबार बिहान घरका चोर पसेको बताइएको छ ।

स्थानीय पत्रिकाले रिपोर्ट गरेअनुसार कामदारले ग्यारेजको ढोका खुल्ला नै छाडेका कारण चोरहरू घरमा पस्न पाए । चोरहरूले रोनाल्डोको घरबाट सानातिना सामान लगेका छन् । जसमध्ये रोनाल्डोको साइन भएको युभेन्टसको जर्सी पनि छ । जुन १८० पाउण्ड बराबरको थियो ।

प्रहरीका अनुसार घरभित्र पसेका चोरहरूले घरमा भएका सामानहरूका बारेमा पहिले नै थाहा पाएका थिए । प्रहरीले अहिले सिसिटिभी जाँच चोर पत्ता लागिसकेको बताएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्