Logo

बेल्जियम र आइभेरी कोस्ट बराबरीमा रोकियो, स्वीडेन र इंग्ल्याण्ड विजयी



Spread the love

एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बेल्जियम र आइभेरी कोस्टले बराबरीमा रोकिएका छन् । बिहीबार राति भएको खेलमा दुबै टोलीले १–१ को बराबरी खेलेका हुन् ।

५३औं मिनेटमा मिचु बात्सायुले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए। ८७औं मिनेटमा फ्रांक केस्सीईले पेनाल्टीमार्फत गोल फर्काउँदै खेल बराबरीमा टुंग्गाए।

अर्को मैत्रीपूर्ण खेलमा स्वीडेनले गएराति भएको खेलमा रसियालाई पराजित गरेको छ। स्वीडेनले रसियामाथि २–१ को जित निकालेको हो।

त्यस्तै, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डले वेल्सविरुद्ध ३–० को सहज जित निकालेको छ। गएराती भएको खेलको २६ औं मिनेटमा इंग्ल्याण्डका डेब्यू खेलाडी डोमिनिक काल्र्भट लिवेनले गोल गर्दै अग्रता दिलाए।

इंग्ल्याण्डका लागि डेब्यू खेलमा गोल गर्ने लिवेन १८८औं खेलाडी बने। ५३ औं मिनेटमा कोनर क्याडी र ६३ औं मिनेटमा ड्यानी इंग्सले थप दुई गोल थपे।

प्रतिक्रिया दिनुहोस्