Logo

भर्चुअल बहसमा सहभागी नहुने राष्ट्रपति डोनल्ड ट्रम्पको अडान



Spread the love

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भर्चुअल बहसमा सहभागी नहुने बताएका छन् । डेमोक्रेट प्रतिस्पर्धी जो बाइडेनसँगको निर्धारित बहस इन्टरनेटको माध्यमबाट गरिने बताइएपछि ट्रम्पले आफूलाई त्यो मान्य नहुने बताएका हुन् ।

अक्टोवर पन्ध्र तारिखमा हुने दोस्रो बहस ’स्वास्थ्य र सुरक्षाको निम्ति दुबै प्रतिस्पर्धीलाई फरक स्थानवाट सहभागी गराउने आयोजकले बताएका थिए ।

त्यसबाट आक्रोशित राष्ट्रपति ट्रम्पले कम्प्युटरको पछाडि बसेर गरिने भर्चुअल बहस हास्यास्पद भन्दै सहभागी नहुने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्