Logo

मध्यरातमा रक्सीले मातेर स्थानीय महिलाको ओछ्यानमा पुगे वडाध्यक्ष



Spread the love

२३ असोज, काठमाडौँ । ओखलढुंगाका नेपाली काँग्रेसका नेता तथा मानेभञ्ज्याङ गाउँपालिका–३ का वडाध्यक्ष मेडल राई पक्राउ परेका छन् । रक्सीले मातेर मध्यरातमा स्थानीय महिलाको ओछ्यानमा पुगेपछि वडाध्यक्ष राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

स्थानीय महिलाको घरमा गएर बलात्कारको प्रयास गरेपछि राईविरुद्ध पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि पक्राउ परेका हुन् ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्