Logo

श्रीमतीको हत्या गरेर आत्महत्या भने जवानलाई जन्मकैद



Spread the love
श्रीमतीको हत्या गरी आत्महत्या गरेको भन्ने सैनिक जवानलाई जन्मकैद «  MNTVONLINE.COM

२३ असोज,चितवन । चितवनको भरतपुरस्थित नेपाली सेनाको शम्शेरगणमा कार्यरत सैनिक जवान दुर्गा लामिछाने मगरलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले आज सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।

आफ्नै श्रीमतीको हत्यागरी आत्महत्या गरेको भन्दै दाहसंस्कार गर्न खोजेका सैनिक जवान मगरलाई जिल्ला अदालतका न्यायाधीश इश्वरराज आचार्यको इजलासले सो फैसला गरेको हो ।

काभ्रेको महाँकालचौर गाविस–५ की चन्द्रकुमारी आले मगरले आफ्नी छोरी २८ वर्षीया रेजिना लामिछाने मगरको हत्या भएको भन्दै किटानी जाहेरीसहित जिल्ला अदालत काभ्रेमा एक वर्षअघि कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेकी थिइन् ।

रेजिनाको ०७० असोज २८ गते हत्या भएको थियो । ऋण काढेर मुद्दा लडेकी चन्द्रकुमारीले दोषीमाथि कारबाही भएकामा खुशी व्यक्त गर्दै आफूले न्याय पाएको प्रतिक्रिया दिइन् ।

अदालतले उनका भाई तिलक लामिछाने मगरलाई पनि हत्या गर्न सहयोग गरेको भन्दै एक वर्ष ६ महिना कैदको फैसलासमेत सुनाएको जिल्ला अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्