Logo

राजस्थानलाई हराउँदै दिल्ली उक्लियो शीर्षस्थानमा



Spread the love

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । गएराति सारजाहमा भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ४६ रनले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ थालेको दिल्लीले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै एक सय ८४ रन बनायो । दिल्लीका लागि मार्कुस स्टोनीसले ३९ रन बनाए भने सिमरोन हिटमेयरले ४५ रनको योगदान गरे ।

जवाफमा राजस्थान १९ ओभर ४ बलमा एक सय ३८ रनमा अलआउट भयो । खराब सुरुवात गरेको राजस्थानले १५ रनमा पहिलो विकेट गुमायो भने एक सय रन बनाउँदा सात विकेट खेर फालेको थियो । राजस्थानका लागि राउल टेवाटियाले सर्वाधिक ३८ रन बनाए ।

दिल्लीले ६ खेलबाट १० अंक बनाएको छ भने राजस्थानको चार अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्