Logo

जर्मनी विजयी, स्वीजरल्याण्डमाथि स्पेनको संघर्षपूर्ण जित



Spread the love

एजेन्सी। युइएफए नेसन्स लिगमा जर्मनीले पहिलो जित हात पारेको छ। शनिबार राति भएको समूह डी को खेलमा जर्मनीले युक्रेनलाई २-१ गोलले अन्तरले पराजित गरेको हो।

खेलको २०औं मिनेटमा मथियस गिन्टरले गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाए। खेलको ४९ औं मिनेटमा लियोन गोरेट्ज़काले हेडमार्फत गोल गरेर जर्मनलाई २-० गोलले अघि बढाए। युक्रेनका लागि मलिनोस्किभले ७६ मिनेटमा पेनाल्टीमा गोल फर्काए।

यहि समूहको अर्को खेलमा युईएफए नेशन्स लिग अन्तर्गत गएराति भएको खेलमा स्पेनले स्वीजरल्याण्डमाथि संघर्षपूर्ण जित निकालेको छ। स्पेनको स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा भएको खेलमा घरेलु टोलीले स्वीजरल्याण्डमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।

स्पेनको जितमा १४ औं मिनेटमा मेरिनोको पासमा मिकेल ओयारजबालले निर्णायक गोल गरे।

७ अंकसहित स्पेन शीर्ष स्थानमा छ भने जर्मनी ५ अंक सहित दोस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्